तपाईँ सुन्दै हुनुहुन्छः

योजना सफल बनाउन नीतिगत सुधार आवश्यक: मुख्यमन्त्री केसी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्धारित समयमा योजना सम्पन्न नहुने र सुरुको लागत अनुमानभन्दा ६ गुणासम्म बढेकाले योजना सफल बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ । 

नीतिगत रूपमै कमजोरी भएर लागत बढ्ने गरेको भन्दै मुख्यमन्त्री केसीले नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो । 

लुम्बिनी प्रदेश योजना आयोगद्वारा बुटवलमा आयोजित योजना सम्मेलनमा मुख्यमन्त्री केसीले जनप्रतिनिधि तथा राजनीतिक दल, कर्मचारी संयन्त्र र तीनै तहका सरकारबिच सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढे मात्रै योजना सफल हुने र त्यसका लागि भन्दै उहाँले प्रदेश सरकार त्यसका लागि तयार रहेको बताउनुभयो । 

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button