तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदीमा बेपत्ता एक जना मृत अवस्थामा फेला

अछाम । अछाममा कर्णाली नदीमा बेपत्ता एक जना मृत अवस्थामा फेला परेका छन् । 

मङ्सिर १७ गते दैलेखको राकम बजारबाट भर फर्किरहेका पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ आलीका करिब ४८ वर्षका पैला भुल मृत अवस्थामा भेटिनुभएको हो ।  

राकमदेखि घर फर्किने क्रममा तारबजारको भीरबाट खसेर कर्णाली नदीमा बेपत्ता भुलको प्रहरी, स्थानीय लगायतको खोजीबाट आज कर्णाली नदीमै शव फेला परेको प्रहरीले जनाएको छ । 

१७ गते साँझ घर फर्किने क्रममा भीरबाट लडेर नदीमा खसेको र खोजीको क्रममा शव फेला पारी आजै दाहसंस्कार गरिएको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button