तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु ९८ जना घाइते

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । 

दुई वटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।
दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

This image has an empty alt attribute; its file name is jawalamukhi.png

यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजा स्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

कार्यकर्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button