तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ३६ जना निको

File Photo

काठमाडौँ ।  आज देशभर थप  २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

१० हजार ७ सय ४७ नमुनाहरूको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ४ सय ३६ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमित मध्ये ९७ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

आज कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४१ पुगेको छ । 

देशभर ५७ हजार ९ सय ३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button