तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मिथिला संस्कृति समाज, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा स्रष्टा सम्मान एवं विचार गोष्ठीमा मन्त्री आलेले ‘सभ्यताको हिसाबले मिथिला सभ्यता धेरै धनी रहेको छ । पशुपतिनाथभन्दा धेरै पुरानो रहेको जानकी मन्दिर हो । त्यसैले अब छिट्टै नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्नका लागि भरपुर कोसिस गर्नेछु ।’ भन्नुभयो ।

मन्त्री आलेले नेपालकै सबभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचिमा राख्न विशेष पहल गर्ने प्रतिबद्धता गर्नुभयो । 

त्यसका लागि मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो । 

मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले पनि श्रीराम जानकी विवाहोत्सवको शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button