तपाईँ सुन्दै हुनुहुन्छः

भालुको आक्रमणबाट दुई जना घाइते

दोलखा । दोलखाको जिरी नगरपालिकामा पर्ने भिसेपु स्थित झाक्रेको जङ्गलमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । शनिवार बिहान ७ बजेतिर घाँस काट्न गएका उनीहरूलाई भालुले आक्रमण गरेको थियो । 

भालुको आक्रमणबाट जिरी नगरपालिका-९ का ५० वर्षीय जगत बहादुर सुनुवार र ५८ वर्षीय टिका सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उनीहरूको मुख लगायत शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई हेलिकप्टरबाट काठमाडौँ लगी ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरूको अवस्थामा केही सुधार भएको जानकारी आएको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button