तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी र दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । मनाङ लगातार तेस्रो जितको खोजीमा रहेको छ । च्यासल र एनआरटीबीचको खेल ४स्४५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

च्यासल दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button