तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षा र स्वास्थ्य क्षेत्रलाई जनहितमा अघि बढाउनुपर्छ’

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।     

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नहुनेमा जोड दिनुभयो । 

file photo

अध्यक्ष नेपालले शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पुर्‍याउन सुझाव दिनुहुँदै अधिकारको विषय उठे पनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button