ट्याक्टर दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या तिन पुग्यो
कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर जिल्लाको अर्जुनी ब्यारेक नजिक आज भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका ९ पिपरियाका ५५ वर्षिया रनि राना, ६५ वर्षिया द्रोपती राना र ३३ वर्षिया रतन कुमारी राना रहेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
कृष्णपुर नगरपालिका ९ पिपरियाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्