तपाईँ सुन्दै हुनुहुन्छः

‘निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न सरकार तयार’

विराटनगर । अर्थमन्त्री जर्नादन शर्माले मुलुकको आर्थिक विकासका लागी निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घको ६५ औँ साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले निजी क्षेत्रको विस्तार एवं विकासका लागी योजना बनाएर ल्याउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

file photo

आगामी पाँच वर्षसम्म कस्सिएर काम गर्न सके मुलुकले आर्थिक विकासमा ठुलो फड्को मार्ने उहाँको भनाइ छ । मुलुकको विकास समुदायमा आधारित भएकाले सबै समुदायलाई विकासको आधारमा जोडने गरी सरकारले विभिन्न योजना तथा कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो ।  

त्यसैगरि प्रदेश न १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रै आङवोले उत्पादनमा जोड दिँदै निर्यात बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मुरासैनीले निजी क्षेत्रको समस्याप्रति आफूहरू गम्भीर रहेकाले निजी क्षेत्रले उठाएको मागहरूलाई मन्त्रालयले सम्बोधन गर्ने बताउनुभयो । 

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुदडा लगायत उद्योगी व्यवसायीहरूले निजी क्षेत्रले भोग्नुपरेका समस्याबारे मन्त्री शर्मालाई जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button