तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

काठमाडौँ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको छ । 

अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । जितसँगै समूह चरणमा सुदूर पश्चिमको ८ अङ्क भएको छ । यसअघि नै १० अङ्कका साथ लुम्बिनीले फाइनलमा स्थान बनाएको थियो । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर केवल ९५ रन मात्रै जोड्न सक्यो । जवाफी इनिङ सुरु गरेको सुदूरपश्चिमले २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । 

अब उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीसँग आइतबार टियु मैदान कीर्तिपुरमा प्रतिस्पर्धा गर्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button