तपाईँ सुन्दै हुनुहुन्छः

थ्री स्टार र फ्रेन्ड्स क्लबबिचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाडेको छ ।

शुक्रवार भएको खेलमा थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर थ्री स्टारले फ्रेन्ड्ससँग अङ्क खोसेको हो । 

थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे । फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जोडेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अङ्क जोडेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button