तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी महामहोत्सव शुरु

जनकपुरधाम । श्री सीताराम विवाह पञ्चमी महामहोत्सव जनकपुरधाममा आजदेखि औपचारिक रुपमा नगर दर्शनसँगै सुरु भएको छ ।

सात दिवसीय महामहोत्सवको पहिलो दिन भगवान् राम, लक्ष्मण, भरत, शत्रुधन सहितका ऋषिमुनि सहितको झाँकीले जनकपुर नगर दर्शन गरेको छ ।

जानकी मन्दिरको प्राङ्गणमा हुने नगर दर्शनका लागि भारी सङ्ख्यामा भक्तजनहरू उपस्थित हुने गर्दछन् । 

नगर दर्शनमा आउने भगवान् रामसहितका दाजुभाइ एवं ऋषि मुनिमाथि मिथिलावासीहरूले पुष्पवृष्टि गर्ने गर्दछन् । 

जनकपुर नगर दर्शनबाट शुरु भएको विवाह पञ्चमी महामहोत्सव २३ गतेसम्म चल्नेछ ।

भोलि शनिबार फूलबारी लीला, मङ्सिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर एवं शुभ विवाह तथा २३ गते राम कलेवा गरेर महोत्सवको समापन गर्ने चलन रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान् अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् राम र मिथिलाका नरेशका पुत्री माता सीतासँग शुभ विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महामहोत्सव भव्य रुपमा मनाउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button