तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा परि घाइते भएका १४ मध्ये दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जन्ती पुर्‍याएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका मध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु हुनेमा कृष्णपुर नगरपालिका ९ पिपरियाका ६५ वर्षिया द्रोपती राना र ३३ वर्षिया रतन कुमारी राना रहेको प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

उहाँले थप दुई जना चालक २२ वर्षिया राम प्रसाद राना र ६५ वर्षिया रानी रानाको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button