तपाईँ सुन्दै हुनुहुन्छः

देशभर २ सय ४६ जना कोरोना संक्रमित थपिए, ३ सय ४७ जना सङ्क्रमणमुक्त

File photo

काठमाडौँ । आज देशभर २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

७ हजार ८ सय ३६ वटा नमुनाको परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ३ सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ७ प्रतिशत छ ।

देशभर ६ हजार ९ सय २१ जनाले संस्थागत तथा होम आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ लाख ७५ हजार ५ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।  हालसम्म पुर्णमात्रा खोप लगाउनेको सङ्ख्या ८६ लाख १३ हजार ८ सय ४७ रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button