तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा ह्विलचियर म्याराथन प्रतियोगिता सम्पन्न

बीरगंज । आपांगता भएकाहरूको हौसला बढाउन वीरगञ्जमा पहिलो पटक ह्विलचियर म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । 

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अलाईड यूथ सोसाइटीको आयोजनामा आज बीरगंजको आदर्शनगरस्थित पुरानो बस पार्कमा सम्पन्न दुई सय मिटर ह्विलचियर म्याराथन प्रतियोगितामा प्रथम रमेश महतो, द्वितीय सुरेश महतो र  तृतीय राम अयोध्या भएका हुनुभएको थियो ।

प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले गर्नु भएको थियो । 

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी मनोज कार्की, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद कार्की, वीरगन्ज युवा समाजका कमल चौलागाई लगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगिता वीरगञ्ज महानगरपालिका, किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, डिएभी स्कुल लगायतको सहयोगमा सम्पन्न भएको अलाईड यूथ सोसाइटीका उपाध्यक्ष आकाश दासले जानकारी दिनुभयो । विजयी खेलाडीलाई ह्विलचियरसहित पुरस्कार प्रदान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button