तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा परि १४ जना घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुर अर्जुनी जङ्गल क्षेत्रमा भएको ट्याक्टर दुर्घटनामा परि १४ जना घाइते भएका छन् । 

दैजीबाट जन्ती भोज खाएर कृष्णपुर नगरपालिकातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर अर्जुनी जङ्गलमा दुर्घटना हुँदा त्यसमा सवार १४ जना घाइतेका र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीले घाइते मध्ये ४ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढीतर्फ पठाइएको र अन्यको स्थानीय र महाकाली अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button