तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाको अध्यक्षका लागि थापा र लिङ्देनको उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँमा बुधवारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपा निर्वाचन समितिले तोकेको समय सीमामा अध्यक्ष पदका लागि थापा र लिङदेनको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्षमा १ महिलासहित ४  जनामा महिलातर्फ रोशन कार्की र लिला देवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यस्तै, खुलातर्फ उपाध्यक्षमा जगतप्रसाद गौतम, रामचन्द्रराय यादव, विक्रम पाण्डे, धुब्रबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गा देवी श्रेष्ठको उम्मेदवारी परेको  समितिका सदस्य वरिष्ठ अधिवक्ता बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, १ महिलासहित ३ महामन्त्रीमा महिलातर्फ रेखा थापा र कुन्ती शाही, खुलातर्फ डा.धवल शम्शेर राणा, भुवन पाठक, भास्कर भद्रा श्याम तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएको समितिका सदस्य वरिष्ठ अधिवक्ता बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार १ सय४१ केन्द्रीय सदस्यमा २६४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

समितिले ४ बजेसम्म उम्मेदवारको नाम माथि दाबी विरोध गर्ने  र उम्मेदवारी फिर्ताको समय तय गरेको छ ।

उम्मेदवारको नाममाथि दाबी विरोध सकिएपछि ५ः०० बजे अन्तिम नामावली प्रकाशन  गर्ने र भोलि शनिबार बिहान ८ बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button