तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार आज बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो  । उहाँका अनुसार प्रकाशित नतिजा https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।कोरोना सङ्क्रमित भएका विद्यार्थीहरूको भने बोर्डले हिजोबाट परीक्षा लीन सुरु गरेको छ । परीक्षामा ४१ जना विद्यार्थी सहभागी हुनुहुन्छ । यी विद्यार्थीको परीक्षाफल १० दिनभित्रै प्रकाशित गर्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button