तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आव्हान

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्सिर २८ गते बस्ने गरी आव्हान भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २०७८ मङ्सिर २८ गते मङ्गलवारका दिन १४ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशनको आव्हानको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button