तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा पूर्वाधार विशेष कार्यक्रमका ३३ योजना स्वीकृत

जुम्ला । जुम्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् । यहाँका आठ स्थानीय तह मध्य चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठिचौर र पातारासी गाउँपालिका निर्वाचन क्षेत्र (क) मा पर्छन् । भने, तिला हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका निर्वाचन क्षेत्र (ख) मा पर्छन् । निर्वाचन क्षेत्र (क) बाट पुर्वमन्त्री तथा सांसद नरेश भण्डारी र (ख) बाट सांसद पदम रोकायाले जित्नु भएको थियो ।

दुवै निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि चालु आवमा ३३ वटा योजना स्वीकृत भई निर्माण हुने भएका छन् । पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत जुम्लाका दुवै निर्वाचन क्षेत्रमा निर्माण हुने गरी ३३ वटा योजना स्वीकृति भएको पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख टेक हितानले बताउनुभयो । 

उहाँले भन्नुभयो,“पूर्वाधार विशेष कार्यक्रमका लागि ८ करोड बजेट विनियोजन भएको छ । जसमा निर्वाचन क्षेत्र (क) मा २२ र (ख) मा ११ वटा विभिन्न योजना निर्माण हुँदै छन् । प्रत्येक योजनामा कम्तीमा १० लाख देखि बढीमा ८५ लाख सम्म बजेट छुटाइएको छ ।”

साथै दुबै जना सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका लागि दर्जनौँ योजना पठाए पनि अन्तमा छलफल परामर्श मार्फत सांसदको सिफारिसमा अत्यावश्यक योजना निर्वाचन क्षेत्र (क) का लागि २२ र (ख) का लागि ११ वटा योजना मात्रै स्वीकृत भएर आएको निमित्त प्रमुख हितानको भनाई छ । 

सबै योजना उपभोक्ता समितिबाटै निर्माण हुने छन् । पूर्वाधार कार्यालयका सूचना अधिकारी समेत रहेका हितानले थप्नुभयो,“अब योजना सम्झौताको कामलाई अघि बढाउँदै छौ । स्थानीयको आवश्यकता अनुसार कृषि, सिचाइ, खानेपानी, विद्यालय भवन निर्माण, ग्रामीण सडक निर्माण, विद्युत् आयोजना मर्मत, खेल मैदान निर्माण लगायतका संरचनाहरू पूर्वाधार विशेष कार्यक्रमबाट निर्माण हुने छन् ।”

यसका साथै चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयको नियमित कार्यक्रम सञ्चालनका लागि पुजिँगत बजेट २९ करोड ६५ लाख विनियोजन भएको सूचना अधिकारी टेक हितानले जानकारी दिनुभयो । सोही बजेटमा क्रमागत योजना निर्माण, नयाँ योजना निर्माण तथा मर्मत सम्भारका कामहरू गरिने भएको छ । भने, पूर्वाधार विशेष कार्यक्रमका लागि ८ करोड छुट्टै विनियोजन भएको छ । 

पूर्वाधार विशेष कार्यक्रम मार्फत स्वीकृत भएका र पूर्वाधार कार्यालय तथा स्थानीय तहका योजना डुब्लीकेशन नहुने गरी योजना निर्माण लाई अघि बढाइने छ । अधिकांश योजना दोहोरिने, बजेट खर्च हुने तर उपलब्धि नदेखिने भएकोले योजना निर्माणमा पनि एकद्धार प्रणाली लागु सिकाइ भएको समेत पूर्वाधार कार्यालयका निमित्त प्रमुख टेक हितानले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button