तपाईँ सुन्दै हुनुहुन्छः

३ सय ५० लिटर अवैध घरेलु मदिरा लोड गरेको ट्रक सहित एक पक्राउ

वीरगंज । अवैध रूपमा मकवानपुरबाट वीरगंज तर्फ ल्याउँदै गरेको अवस्थामा घरेलु मदिरा लोड रहेको ट्रक सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकमा चेकजाँचको क्रममा बा.प्र.०३–००१ क ०२९९ नम्बरको मिनी मालवाहक ट्रक भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ३ सय ५० लिटर घरेलु मदिरा सहित ट्रकका चालक मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने ३०वर्षीय सूर्य बहादुर पाख्रिनलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो । 

बरामद गरिएको मदिरा सहित ट्रक र चालकलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको  खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button