कञ्चनपुरमा शुक्रवारदेखि मतादाता नामावली सङ्कलन हुने
कञ्चनपुर । कञ्चनपुरमा शुक्रवारबाट फोटो सहितको मतदाता नामावली सङ्कलन हुने भएको छ ।
जिल्लाका ७ वटा पालिकाहरूमा शुक्रवार मङ्सिर १७ गतेबाट दुई चरणमा फोटो सहितको मतादाता नामावली सङ्कलन हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीले शुक्रवार मङ्सिर १७ गते पहिलो चरणमा कञ्चनपुरका चार वटा पालिकाहरू दोधारा चाँदनी, वेदकोट, कृष्णपुर र बेलौरीमा सुरु हुने र पुस ३ गतेबाट पुस १८ गतेसम्म दोस्रो चरणमा वेल्डाडी, लालझाडी र शुक्लाफाँटा नगरपालिकामा सञ्चालन हुने बताउनुभएको छ ।
उहाँले त्यसका लागि आवश्यक जनशक्ति छनोटदेखि केन्द्र व्यवस्थापनको कार्यसम्म गरिसकिएको समेत बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रहेको भीमदत्त र इलाका प्रशासन रहेको पुनर्वास नगरपालिकामा भने टोली नजाने भएको छ ।
उक्त दुई पालिकाहरूमा भाद्र १ गतेबाट नियमित रुपमा नयाँ नागरिकता बनेका र छुटेकाहरूको मतदाता नामावली सङ्कलन कार्य उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्