तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा आइसिटी सम्बन्धी १० हजार प्रतिभाहरू उत्पादन गर्छौ : ह्वावे

काठमाडौं ।  दूरसञ्चार कम्पनी ह्वावेले  नेपालका आइसिटी सम्बन्धी विषयका स्नातक तहका विद्यार्थीहरूका लागि   ८ दिने अनलाइन तालिम सुरु गरेको छ । ह्वावेले  ‘सिड्स फर द फ्युचर’ नामक कार्यक्रमको सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरेको हो  । 

सिड्स फर द फ्युचर पहिलो पटक सन् २००८ मा थाइल्याण्डमा सुरु गरिएको थियो। त्यसयता १३० देशका ९ हजारभन्दा बढी विद्यार्थीहरूले  यो कार्यक्रममा भाग लिइसकेका छन् ।  यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।ह्वावे नेपालका अनुसार तालिमका लागी नेपालभरबाट १ सय ३६ वटा आवेदन प्राप्त भएको थियो।

प्राप्त आवेदनहरू मध्येबाट प्रतिष्ठित आइसिटी प्राध्यापकहरूको चयन समितिले बीस स्नातक तहका विद्यार्थीहरू छनोट गरेको ह्वावेले जनाएको छ ।  तालिममा काठमाडौं उपत्यका बाहिरका ४ प्रतिस्पर्धी छनोट प्रक्रिया पछि, छनोट गरिएको ह्वावे नेपालले जनाएको छ । 
तालिममा सहभागी हुनेहरूले  विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछन् । जसमा उत्कृष्ट हुनेले बीस हजार अमेरिकी डलर राशीको पुरस्कार पाउने ह्वावे नेपालले जनाएको छ । 

कार्यक्रममा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम जाङले आगामी ५ वर्षमा नेपालमा १० हजार आइसिटी सम्बन्धीका प्रतिभाहरूको विकास गर्न ह्वावे प्रतिबद्ध रहेको बताउनु हुँदै सिड्स फर द फ्युचरको अर्को संस्करणमा थप महिला सहभागिताको अपेक्षा गरिएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button