तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने : मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले चिकित्सा शिक्षा अध्ययन गर्न बाहिरी मुलुक जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको बानेश्वरस्थित निजामती अस्पतालको आज  अनुगमन निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकारी लगानी भएका अस्पतालहरूमा  चिकित्सक तथा नर्स उत्पादन गर्ने वातावरणको सिर्जना गरी वर्षेनी बाहिरिने जनशक्ति स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले निजामती अस्पतालले छोटो समयमै नतिजामूलक काम गरेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. विधाननिधि पौडेलले अस्पतालमा जनशक्ति र पूर्वाधारको कमी हुँदा सेवाग्राहीलाई सेवा दिन मुस्किल हुने गरेको भन्दै थप जनशक्ति र पूर्वाधारको  व्यवस्था गरिदिन मन्त्री श्रेष्ठ समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button