तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस तनहुँको सभापतिमा आले विजयी

तनहुँ । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आले विजयी हुनुभएको छ । उहाँले ९५१ मतसहित जित हात पार्नु भएको हो । 

उहाँका प्रतिद्वन्द्वी वैकुण्ठनाथ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको छ । आलेले न्यौपानेलाई १६८ मतान्तरले जित्नु भएको हो । पराजित न्यौपाने हालका सभापति र व्यास नगरपालिकाका प्रमुख हुनुहुन्छ ।  

यसैगरी उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठले ९०७ मत र देवकुमार श्रेष्ठ ८७६ प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरूका प्रतिस्पर्धी उदयराज गौलीले ७२१ र किसान गुरुङले ८६६ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा लक्ष्मीभक्त खनालले १०२० र सहदेव अधिकारी ८१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरूका प्रतिस्पर्धी केशबहादुर सुनारले ७२७ र मोहन गिरिले ८०७ मत पाउनुभएको छ ।

यसैगरी सहसचिवमा मिलन आलेले ९२० मत र परमेश्वर भट्टराईले ८५९ मतका साथ विजयी हुनुभएको छ । उहाँहरूका प्रतिस्पर्धी हुतमणि अधिकारीले ७७६ मत र धिरेस खनालले ७७४ मत पाउनुभएको छ ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनमा १८१६ मध्ये १७८३ मत खसेको निर्वाचन अधिकृत फणीन्द्र कोइरालाले जानकारी दिनुभयो । जसमध्ये तनहुँ क्षेत्र नं १ बाट ९ सय २५ मत र क्षेत्र नं २ बाट ८ सय ५८ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button