तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौँ । रग्वी संघका अध्यक्ष टङ्कलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त हुनुभएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रतिस्पर्धी मध्येबाट घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

घिसिङ रग्बी सङ्घको अध्यक्षका हुनुहुन्छ । घिसिङ एसियन रग्बी महासङ्घको कार्यसमितिमा निर्वाचित भएकाले पनि खेलकुद बुझेका व्यक्तिका रुपमा समेत परिचित हुनुहुन्छ ।

युवा तथा खेलकुद मन्त्रालयमा १८ जनाले आवेदन दिए पनि तीन जना कार्यपत्र प्रस्तुतिमा उपस्थित भएका थिएनन् । मन्त्रालयले गठन गरेको सहसचिव कमलप्रसाद पोखरेलको छनोट समितिले तीन जनाको नाम क्याबिनेटमा पठाएको थियो । जसमा घिसिङसँगै अच्युत लामिछाने र ममता श्रेष्ठको नाम पठाइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button