तपाईँ सुन्दै हुनुहुन्छः

ब्रिगेड ब्याइ र एनआरटी बिचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्याइ क्लबले न्यु रोड टिम एनआरटीलाई बराबरीमा रोक्दै अङ्क खोस्न सफल भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेले । पहिलो हाफमा एनआरटीले ब्रिगेड ब्याइजको तुलनामा केही आक्रामक खेल खेलेको थियो । तर गोल भने गर्न सकेन । 

यो बराबरीपछि बीबीसीको दुई खेलमा चार अङ्क भएको छ भने एनआरटीको एक अङ्क भएको छ । बीबीसी शीर्ष चारमा पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button