तपाईँ सुन्दै हुनुहुन्छः

१७ औँ संस्करणको लेखनाथ महोत्सव माघमा हुने

कास्की । पोखराको लेखनाथमा वर्षेनी हुँदै आएको लेखनाथ महोत्सवको १७ औँ संस्करण माघमा हुने भएको छ । आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घले आगामी माघ १३ गतेबाट २४ गतेसम्म महोत्सव आयोजना गर्ने भएको हो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो ।

सङ्घको आइतबार बसेको बैठकले यस वर्ष आयोजना हुने महोत्सवको मिति तय गर्दै अध्यक्ष क्षत्रधर आत्रेयको अध्यक्षतामा मूल आयोजक समिति समेत गठन गरेको छ । समग्र गण्डकी प्रदेशको आर्थिक, सामाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष आत्रेयले बताउनुभयो। 

संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खाना लगायतको प्रदर्शनी गरिनेछ ।

त्यस्तै, ख्याति प्राप्त कलाकारहरूको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहनेछ । महोत्सवमा बल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ । नेपालकै पुरानो महोत्सव मध्येको लेखनाथ महोत्सव पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button