तपाईँ सुन्दै हुनुहुन्छः

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

काठमाडौँ । पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । 

फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शङ्कास्पद बिरामी भेटिएको जानकारी दिनुभयो । पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरूमा परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको उहाँको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उहाँले बताउनुभयो । 

त्यसै गरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गर्नु भएको हो ।  “हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरूमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरूको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ” उहाँले भन्नुभयो । 

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौँ शरणार्थीहरू पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरूका कारण अरूलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button