तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिस्ट पार्टीको एकता अझै जरुरी छ: प्रदेश मन्त्री आङ्बो

पाँचथर । नेपालमा कम्युनिस्ट पार्टीको एकता जरुरी अझै रहेको प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पाँचथरमा भएको प्रथम नगर सम्मेलनमा मन्त्री आङ्बोले लोकतन्त्र माथिको खतरा कायम रहेसम्म गठबन्धनको सरकार रहिरहने तथा विकास र समृद्धिको काम यही सरकारले गर्ने मन्त्री आङ्बोले बताउनुभयो । 

दश वर्षे कार्ययोजना सहित माओवादी केन्द्र पाँचथर अघि बढेकोले जिल्लाको विकासको सारथी बन्ने मन्त्री आङ्वोको भनाइ छ । 

सम्मेलनमा माओवादी केन्द्रले तयार गरेको दश वर्षे कार्य योजनाको पुस्तक पनि विमोचन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button