तपाईँ सुन्दै हुनुहुन्छः

सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरूलाई कालो सूचीमा राखिने : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरूलाई कालो सूचीमा राखिने बताउनुभएको छ । 

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग वैदेशिक रोजगारी र पुर्न एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरूलाई कालो सूचीमा राखिने र अव उप्रान्त त्यस्ता कम्पनीहरूमा कामदार नपठाइने बताउनुभयो । 

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनीहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको बताएका थिए । साथै उनीहरूले हातमा सीप नहुँदा विदेशी भूमिमा दुख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए । गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलबमा काम गर्नुपरेको तथा  हिंसाको शिकार भएको गुनासो गरेका थिए । 

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button