तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस उपसभापति निधि धनुषा ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

जनकपुरधाम । नेपाली काँग्रेसको धनुषा निर्वाचन क्षेत्र नंं ३ को आज सम्पन्न क्षेत्रिय अधिवेशनबाट नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि सर्वसम्मतिले महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

क्षेत्रिय अधिवेशनबाट क्षेत्र नंं ३ का क्षेत्रिय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । यसैगरी निधि पत्नी अनामिका पनि महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं संसदीय दलका नेता राम सरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभाका सदस्य स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र प्रमिला दास पनि सर्वसम्मतिले निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button