तपाईँ सुन्दै हुनुहुन्छः

महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपाल असफल

काठमाडौँ । नेपाल आइसिसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो ।

प्रतियोगिता अन्तर्गत नेपालले पाँचमध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो । नेपाल यस अघि हङकङसँग पराजित भएको थियो ।

जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छँदा अलआउट हुँदै केवल ७९ रन बनाउन सक्यो । नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

यस अघि दुबईको आइसिसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button