तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशद्वारा पहिलो जित दर्ता

काठमाडौँ । काठमाडौँमा जारी  यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

कर्णालीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो जित दर्ता गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा जितका लागि चाहिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले केवल १२ दशमलव १ ओभरमा कुनै पनि विकेट नगुमाउँदै पुरा गर्‍यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली १६ दशमलव ५ ओभरमा अलआउट हुँदै केवल ६६ रन जोड्न सक्यो । सुदूरपश्चिमको तीन खेलमा पहिलो जित हो । यता चार खेल खेलेको कर्णालीले केवल एक खेल जितेको छ ।

अर्को खेलमा प्रदेश दुईले तेस्रो खेलमा दोस्रो जित निकालेको छ । आइतबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश दुईले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बागमती प्रदेशले ४९.३ ओभरमा अलआउट हुँदै २५३ रन बनाएको थियो । जवाफमा उक्त लक्ष्य प्रदेश दुईले ४१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबले लिगका आफ्ना ५ खेल पोखरामा खेलाउने योजनाका साथ क्लबहरूलाई प्रस्ताव गरेको छ ।

मनाङको तर्फबाट क्लबहरूलाई प्रस्ताव गर्ने जिम्मेवारी पाएका सदस्य विजय घलले भोलिसम्म पोखरा खेल्न तयार हुने टोलीको टुङ्गो लाग्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button