तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा विद्यालय स्तरीय नाटक महोत्सव हुने

कास्की । गण्डकी प्रदेशको पोखरमा आगामी माघदेखि दोस्रो प्रदेश स्तरीय नाटक महोत्सव हुने भएको छ ।

‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागिता रहने अपेक्षा गरिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो ।

‘महोत्सवमा सहभागीताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसको लागि पौष ३ गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्नेछ’ उहाँले भन्नुभयो ।

महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ । पोखरा  थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना गरिन लागेको परिवर्तनले बताउनुभयो । 

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ ।

महोत्सवमा गण्डकी प्रदेश भित्रका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने छन् । अघिल्लो महोत्सवमा ४० विद्यालयहरूका नाटक सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button