तपाईँ सुन्दै हुनुहुन्छः

करिब २ लाख अमेरिकी डलरसहित एक जना पक्राउ

कास्की । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पोखराबाट पक्राउ गरेको छ ।

काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रो बसबाट प्रहरीले १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोक बस्ने ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले बरामद गरेको रकम अमेरिकी डलर सटही गर्दा २ करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग काठमाडौँको जिम्मा लगाइने कास्की प्रहरीले जनाएको छ । 

गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button