तपाईँ सुन्दै हुनुहुन्छः

शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । 

माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार अध्यक्ष प्रचण्डले सबै पालिका सम्मेलनलाई एकै पटक सम्बोधन गर्न लाग्नुभएको हो । 

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठका अनुसार शनिवारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ । 

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्व समेत चयन भइसकेको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button