तपाईँ सुन्दै हुनुहुन्छः

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्ला । बालुवा खानीमा पुरिएर जुम्लामा दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको तिला गाउँपालिका वडा नंं ९ को धाराखोला स्थित बालुवा खानीमा पुरिँदा सोही वडाका १९ बर्षीया निली रावत र  १५ बर्षीया निरमाया रावतको मृत्यु भएको हो । 

आज बालुवा सङ्कलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर ती दुई जनाको मृत्यु भएको हो ।

घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोष टाढा रहेकोले स्थानीयबाट घटना भएको खबर प्राप्त भए लगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाँइले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button