तपाईँ सुन्दै हुनुहुन्छः

जयतु संस्कृतम्द्वारा सम्मान एवं पुरस्कार प्रदान

काठमाडौं । जयतु संस्कृतम्ले संस्कृत भाषाका माध्यमबाट पूर्वीय दर्शन, संस्कार र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तलाई सम्मान गरेको छ ।

जयतु संस्कृतम्ले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा आज आयोजना गरेको कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसाल, प्राध्यापक पुरुषोत्तम भट्टराई, प्राध्यापक डाक्टर विद्यानाथ उपाध्याय, आध्यात्मिक चिन्तक शनत्कुमार भट्टराई र पूर्वसचिव केदारबहादुर अधिकारीलाई सम्मान गरेको हो ।

यसैगरी संस्कृत भाषामा पुस्तक लेख्नुहुने प्राध्यापक डाक्टर लक्ष्मीकान्त पन्थी र प्राध्यापक रामहरि दाहाललाई ११ हजार १ सय ११ राशिसहितको पुरस्कारबाट सम्मानित गरिएको छ ।

संस्थाले प्रत्येक वर्ष संस्कृत भाषामा पुस्तक प्रकाशन गर्ने लेखकमध्ये मूल्याङ्कनका आधारमा उत्कृष्टलाई पुरस्कार प्रदान गर्र्दै आएको जयतु संस्कृतम् संस्थाका सदस्य सचिव डा नवराज कट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button