तपाईँ सुन्दै हुनुहुन्छः

राखेपमा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त गर्नुभएको छ ।

मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतमा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौलालाई नियुक्त गर्नुभयो ।

फुटबलकी डोल्मा र तेक्वान्दोका बर्तौला मनोनित हुनुभएको हो ।

त्यस्तै दीपेन्द्र विष्ट  मोहमद फाजिल, श्रीमान् थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनित गरिएको छ ।

मनोनित बोर्ड सदस्यले शुक्रवार बिहानै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button