तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरबाट सवारी चालक अनुमति पत्र नवीकरण कार्य प्रारम्भ

भरतपुर । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारी चालक अनुमति पत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । 

सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । 

स्मार्ट सवारी चालक अनुमति पत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको बसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमति पत्र नवीकरण गर्न सक्नेछन् । 

कागजी सवारी चालक अनुमति पत्र भएका सेवाग्राहीले  Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button