तपाईँ सुन्दै हुनुहुन्छः

भलिबलको उपाधि सोताङ र ओखलढुङ्गालाई

सोलुखुम्बु । प्रदेश  नम्बर १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सोताङ गाउँपालिकाको निश्चल निशानी निर्माण सेवाले हात पारेको छ । स्टार यूथ क्लबको स्थापना दिवसको अवसरमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न फाइनलमा नेचासल्यान गाउँपालिकालाई पराजित गर्दे  सोताङले उपाधिको हात पारेको हो ।

त्यस्तै, सोलुदूधकुण्ड नगरपालिका तृतीय भएको छ । त्यस्तै महिलातर्फ जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले जिल्ला खेलकुद विकास समिति खोटाङलाई पराजित गर्दै उपाधि हात पारेको छ । काकु समावेशीलाई पराजित गर्दै थुलुङदूधकोशी गाउँपालिका तृतीय भएको अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुने महिला पुरुष दुवै समूहले समान पुरस्कार रकम एक लाख ५० हजार, एक लाख र ५० हजार रुपियाँ नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पाँच दिनसम्म भएको प्रतियोगितामा पुरुषतर्फ १३ टिम र महिला तर्फ नौ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button