तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं इजरायली चलचित्र महोत्सव काठमाडौंमा सुरु

काठमाडौं । इजरायल दूतावासको आयोजनामा काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु भएको छ ।

काठमाडौंको सोल्टी होटलमा तीन दिनेसम्म चल्ने महोत्सवको उद्घाटन संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदुत खनान गोदेरले हिजो (बिहीबार) संयुक्त रुपमा गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले महोत्सवले नेपाल इजरायलबीचको सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री आलेले पछिल्लो समयमा नेपालको चलचित्र क्षेत्रले धेरै विकास गरेको बताउँदै इजरायली लगानीकर्तालाई पनि नेपालमा आएर चलचित्र निर्माण गर्न र नेपाली चलचित्र क्षेत्रमा लगानी गर्न आव्हान गर्नुभयो ।

समारोहमा बोल्नुहुँदै यजरायली राजदुत गोदेरले चलचित्र मार्फत दुई देशका नागरिकहरु थप नजिकिने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड- १९ को  महामारी अझै व्याप्त रहेकै कारण यस वर्ष आफ्नै सवारी साधनबाट चलचित्र हेर्न मिल्ने गरी व्यवस्था गरिएको , इजरायली  दूतावासले जनाएको छ ।  

महोत्सवमा ५ इजरायली चलचित्रहरु प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button