तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचकमा गिरावट

file photo

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अङ्कले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ मा पुगेको छ । 

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर रु तीन अर्ब ७८ करोड ९७ लाख  नौ हजार ३३१ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पुँजीकरण रु ३८ खर्ब ३४ अर्ब बराबर पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । बैङ्किङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य १९.५१ अङ्कले बढेको छ । व्यापार ४३.१६, विकास बैङ्क ७०.८७, जलविद्युत् २७.४८, वित्त २.०३, निर्जीवन बिमा १५६.८४, उत्पादन २९.१, लघुवित्त ५१.४१, जीवन बिमा २३.२६, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४९ अङ्कले ओरालो लागेको छ । 

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ५७ लाख १३ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैङ्क रु १६ करोड २१ लाख ८४ हजार ७१०, सिभिल बैङ्क रु १४ करोड ७९ लाख १८ हजार ८३६, साना किसान बैङ्क रु १० करोड चार लाख ९७ हजार ७१० र नबिल बैङ्क रु १० करोड एक लाख ६७ हजार ३७६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

त्यस्तै मानुषी लघुवित्त ६.९३, साना किसान विकास बैङ्क ५.०८, कर्णाली डेभलपमेन्ट बैङ्क ४.९५, कुमारी बैङ्कको ऋणपत्र ४.४१ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button