तपाईँ सुन्दै हुनुहुन्छः

लम्कीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

टीकापुर कैलाली । कैलालीमा लम्कीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले आज मध्यान्ह १२ बजेतिर ठक्कर दिँदा मृत्यु भएकी महिला टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापा रहेकी इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

लम्कीचुहा नगरपालिकाको लम्की बजार स्थित पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको थियो । महिलाको शव अहिले पनि घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।  

महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा आगजनी भएपछि लम्कीको अवस्था तनावग्रस्त भएको र त्यसलाई नियन्त्रणका लिन प्रहरीले आधा दर्न बढी सेल अश्रुग्याँस प्रहार गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button