तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड महामारीका कारण महिला विरुद्धको हिंसा बढ्यो : राष्ट्रसङ्घीय प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घले हालै गरेको एक अध्ययनमा कोभिड १९ को महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि वृद्धि भएको पाइएको हो । 


विश्वका अरू देशमा पनि यो महामारीका कारण आफ्ना घरमै र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा वृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ ।  

ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाहरूले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरूमाथि हिंसा बढेको पाइएको उनीहरूले बताएका थिए ।   घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको भए पनि वास्तविकता त्यस्तो नरहेको ती महिलाले जनाएका छन् । 

यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको थियो । तर पनि घरमा बस्नुपर्दाको अवस्थामा पनि महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो ।सो सर्वेक्षणमा समेटिएका महिलाहरूमध्ये करिब आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए । 

त्यसैगरी एक चौथाई महिलाले त आफूहरू घरमै असुरक्षित रहेको बताएका थिए । उनीहरूले महामारी सुरु भएयतादेखि आफूहरुलाई घरमै हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए । उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ । 

यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन् यो महामारीपछि त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button