तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

File Photo

काठमाडौँ । आज देशभर ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

९ हजार ९ सय २० नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज २ सय ३२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।

सङ्क्रमणका कारण आज थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १३ पुगेको छ । 

आज देशभर १ लाख ४७ हजार २ सय ६२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

यस्तै स्वास्थ्य मन्त्रालयले यही मङ्सिर ७ र ८ गते काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा एस्ट्राजेनिकाको पहिलो मात्रा खोप र भेरोसेलको पहिलो र दोस्रो मात्राको खोप लगाइने जानकारी दिएको छ । 

लक्षित जनसङ्ख्यालाई खोप लगाइने अभियान अन्तर्गत १८ वर्ष माथिका नागरिकलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी ७० प्रतिशतले खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button