तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा बसको ठक्करबाट विद्यार्थी नेता देवकोटाको मृत्यु

तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडकखण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा मङ्गलवार अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।

गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ का २४ वर्षीय विद्यार्थी नेता सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा देवकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक हुनुहुन्थ्यो । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button