तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा समाजवादी प्रदेश २ सरकारमा सहभागी

जनकपुरधाम । प्रदेश नंं २ को सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी भएको छ ।

उक्त पार्टीबाट नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई प्रदेश नंं २ का प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिस एवं उपस्थितिमा प्रदेश प्रमुख मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । प्रदेश नंं २ का सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सामेल भएपछि प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रदेश नंं २ का सरकारमा नेकपा समाजवादी पार्टी सामेल भएपछि प्रदेश सरकारले पूर्णता पाएको छ । चौथो पटक मन्त्रीमण्डल विस्तार भएपछि संयुक्त सरकारले पूर्णता पाएको हो ।

यससँगै प्रदेश नंं २ मा जनता समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका गरी ४ पार्टीको संयुक्त सरकार बनेको छ । अब मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

प्रदेश सरकारमा जनता समाजवादी पार्टीका मुख्यमन्त्री सहित ४, नेपाली काँग्रेसका ३, नेकपा समाजवादीका २ र नेकपा माओवादी केन्द्रका १ गरी १० सदस्यीय मन्त्रीमण्डल बनेको हो । सरकारमा २ जना राज्यमन्त्री पनि रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button